प्रचण्ड र बादलको नेतृत्वमा सर्वोच्च अदालत बिरुद्ध काठमाडौमा प्रर्दशन (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Prachanda badal Protest
जनबोली/ २३ चैत, काठमाडौं । द्वन्द्वकालीन घटनाबारे सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा एमाओवादीसहितका अन्य ६ वटा माओवादी सडकमा उत्रिएका छन् ।

सोमबार राजधानीमा एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बबरमहलस्थित काठमाडौंको जिल्ला अदालत अगाडिबाट प्रदर्शन सुरु भएको थियो ।

prachanda

प्रचण्ड, मोहन बैद्य र विप्लव नेतृत्वको माओवादीसहितका अन्य ६ वटा दलको जुलस रत्नपार्क शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले ‘शान्ति सम्झौता कार्यान्वयन गर’, ‘सर्वोच्च अदालतको प्रतिगामी फैसला खारेज गर’ जस्ता नारा लगाएका छन् ।

सर्वोच्चले हालै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐनमा रहेको आम माफी सम्बन्धी प्रावधान खारेज गर्नुका साथै नियमित अदालती प्रक्रियामा रहेका द्वन्द्वकालीन मुद्दाहरु सत्य निरुपणमा नलैजाने फैसाल गरेको थियो ।

prachanda-123

६ वटा माओवादीले सर्वोच्चको फैसला शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत भएको भन्दै खारेजको माग गर्दै आएका छन् । फैसला सच्याउन माग गर्दै ६ माओवादीले हालै प्रधानमन्त्री सुशील कोइरालालाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

pp123

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७