अखिल क्रान्तिकारी केन्द्रीय कार्यालयमा प्रहरी छापा, मसाल जुलुसमा सहभागी आधा दर्जन विद्यार्थी नेता पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Tourch-Tally

जनबोली/ २३ चैत, काठमाडौ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय बागबजारमा प्रहरीले छापा हानी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा रञ्जित तामाङ्ग, उमेश थापा, देवेन्द्र पाख्रिन, प्रकाश घिमिरे र केशब इतानी रहेको अखिल अध्यक्ष रमेश मल्ले जानकारी दिए । नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुसमा सहभागी विद्यार्थी नेतालाई पक्राउ गरेको अखिल अध्यक्ष रमेश  मल्लले जानकारी गराए ।

यो प्रशासनको कायरता हो, आन्दोलनको पूर्व सन्ध्यामै आन्दोलनमा सहभागी नभएका विद्यार्थी नेता पक्राउ गर्नु भनेको निरंकुशताको हद हो मल्लले जनबोलीसँग भने । यसैगरी नेपालगञ्जको मसाल जुलुशमा सहभागी विद्यार्थी नेता नरेन्द्र न्यौपाने लगायतका विद्यार्थी नेताहरु घाईते भएका छन् । प्रहरीको हस्तक्षपमा परि कारण घाईते भएका विद्यार्थी नेतालाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको मल्लले जानकारी दिए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७