letter_20150114102629जनबोली २४ चैत, काठमाडौं । एकिकृत माओवादी सहित ३० दलिय मोर्चाको आज पहिलो दिनको आमहड्ताल मंगलवार विहानैदेखि राजधानी लगायत देशैभरको जनजीवन प्रभावित भएको छ ।

एकीकृत माओवादीका काठमाडौं जिल्ला अध्यक्ष तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्मा, एमाओवादी काठमाडौं सचिव रेणु दाहाल, क्रान्तिकारीका सुरेन्द्र बस्नेतलाई पनि प्रहरीले विजुलीबजार पुलबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई तीनकुने प्रहरीमा राखिएको छ ।NEPAL_BANDA_CPN_MAOIST_0002

राजधानीको रिङरोडमा केही सार्वजनिक यातायात चलेपनि उपत्यकाको भित्री भाग ९ नयाँ बानेश्वर, माइतीघर, थापाथलीमा सवारी साधन चल्न सकेका छैनन ।

भित्री टोल र गल्लीहरुमा पनि बन्दकर्ताहरुले पसलहरु बन्द गराउँदै हिडेका छन । बन्द गराउँदै हिड्ने बन्दकर्ताहरुलाई प्रहरीले राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।???????????????????????????????

विजुली बजार बुद्धनगरमा बन्दकर्ताहरुले बा १ च ९४८७ नम्बरको पाउरोटी बाकेको भ्यान तोडफोड गरेका छन । प्रहरीले भ्यान चालकको सहयोगमा दुई जनालाई बुद्धनगरबाट पक्राउ गरेको छ ।

गन्तव्यमा पुग्न नसकेर यात्रुहरु अलपत्र परेका छन । त्यस्तै, बालकुमारीमा पनि आन्दोलनकारीहरुले एउटा ट्याक्सी जलाएका छन् । जलाइएको ट्याक्सी प्रहरीेले लैजान खोज्दा स्थानीयले क्षतिपूर्ति नतिरी लैजान नपाइने भन्दै रोकेका छन् ।Capturewqr

भैरहवाको बरमैली टोलमा भारतीय नम्बर प्लेटको मोटरसाइकल आन्दोलनकारीले जलाएको छन् । यूपी ५६ जे २७०७ नम्बरको मोटरसाइकलमा आगजनी गरेर आन्दोलनकारी भागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु