खिलनाथ रेग्मी उपर न्याय परिषद्को छानबिन सुरु

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

jilla adalatकाठमाडौं । न्याय सम्पादन कार्यमा विचलन आएपछि काठमाडौं जिल्ला अदालतका अतिरिक्त न्यायाधीश खिलानाथ रेग्मी उपर न्याय परिषद्ले छानबिन सुरु गरेको छ ।

प्रधानन्यायाधीश रामकुमार शाहको अध्यक्षतामा सोमबार सम्पन्न न्याय परिषद बैठकले छानबिन गर्ने निर्णय गरेको गोरखापत्रमा खबर छ । त्यसका लागि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा एक सदस्यीय जाँचबुझ समितिसमेत गठन गरेको छ ।

एक मुद्दामा प्रचलित कानून तथा प्रतिपादित नजिरविपपरीत न्यायाधीश रेग्मीले फैसला गरेको आरोप लगाउँदै कारबाहीको मागसहित परिषदमा दायर उजुरीको प्रारम्भिक छानबिन हुँदा दोषी देखिएपछि परिषद्ले जाँचबुझ समिति नै गठन गरेको परिषद् सचिवालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७