डिजिटल ‘स्मार्ट कार्ड’ ले अब सवारी अनुशासनलाई व्यवस्थित बनाउने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

BD_high-tech_drivers_licences_backकाठमाडौं । हेर्दा एटीएम कार्ड जस्तै देखिने डिजिटल ‘स्मार्ट कार्ड’ ले अब सवारी अनुशासनलाई पारदर्शी, मर्यादित एवं व्यवस्थित बनाउने भएको छ । यसको प्रयोगसँगै चालकले लाइसेन्स र ब्लुबुक बोक्नुपर्ने झण्झटबाट मुक्ति पाउने भएका छन् ।

आगामी आर्थिक वर्षको शुरुदेखि नै लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को सट्टा सवारी चालकलाई यस्तो कार्ड दिइनेछ । केही समयपछि ब्लुबुकलाई प्रतिस्थापन गर्दै अर्को स्मार्ट कार्ड प्रयषेगमा ल्याउने सरकारी तयारी रहेको गोरखापत्रमा खबर छ ।

दशवर्षे समयावधिका लागि यातायात व्यवस्था विभाग तथा कार्यालयहरुबाट जारी गरिने यस्तो कार्डले सवारी अनुशानसलाई व्यवस्थित बनाउने तथा कीर्तेलाई पूर्णरुपले नियन्त्रण गर्ने सरकारको विश्वास रहेको भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७