यातायात कार्यालयमा दलाल रोक्न प्रहरीको विशेष टोली

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

yatayat_20150210103545काठमाडौं । ललितपुरको एकान्तकुनामा रहेको यातायात कार्यालय बागमतीले कार्यालयमा बिचौलिया तथा दादाको प्रवेश निषेधका लागि प्रहरी खटाउन माग गरेको छ । दैनिक तीन हजारभन्दा बढी सेवाग्राही आउने यातायात कार्यालयमा दलाल र बिचौलियाको बिगबिगी हुन थालेपछि कार्यालयले दलाल रोक्न प्रहरीको विशेष टोली नै खटाउन माग गरेको हो ।

केही दिनअघि आकस्मिक अनुगमन गर्ने क्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालयमा दलाल तथा बिचौलिया प्रवेश निषेध गर्न निर्देशन दिँदै नसके कार्यालय प्रमुखलगायतका कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । मन्त्रीको चेतावनीपछि यातायात कार्यालय बागमतीका प्रमुख उपसचिव उमेश बस्नेतले यातायात कार्यालयमा प्रहरी खटाउन माग गरेको नयाँ पत्रिकामा खबर छ ।

बस्नेतले जिल्ला प्रशासन कार्यालय ललितपुरमा पत्र लेखेर यातायात कार्यालयमा आवश्यकताअनुसार प्रहरी खटाउन माग गरिएको जानकारी दिए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७