कतार र बहराइन निःशुल्क गन्तव्य

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

baideshik_rojgar_969099973काठमाडौं । सरकारले कतार र बहराइनमा जाने कामदारसँग कुनै पनि शुल्क लिन नपाउने गरी नयाँ निर्देशिका जारी गर्ने भएको छ ।

कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बीन साहिह अल खुलाफी र बहराइनका श्रम बजार नियमन निकायका प्रमुख असमान अब्दुल्ला अल अवासीले नेपाली कामदार लैजाँदा लाग्ने सबै खर्च राजगारदाता कम्पनीले बेहोर्ने जानकारी गराएपछि सरकारले यस्ता तयारी गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्देशिका जारी भएपछि नेपाल सरकारले म्यानपावर कम्पनीले विभिन्न शीषर्ककमा लिने गरेको शुल्क कटौती हुनेछ ।

अहिलेसम्म कतार र बहराइन दुवै मुलुकमा ७० हजार रुपैयाँ लिन पाउने व्यवस्था छ । कामदार लिने मुलुकले एक रुपैयाँ पनि तिर्नु नपर्ने बताएपछि नेपाल सरकार नैतिक संकटमा परेको हो । मन्त्रालयले म्यानपावर व्यवसायीसहित अन्य केही सरोकारवालासँग छलफल गरी केही दिनभित्रै कतार र बहराइन कामदार पठाउने म्यानपावर कम्पनीले हाल विभिन्न शिर्षकमा लिँदै आएको शुल्क कटौती गर्ने तयारी गरेको हो ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७