भारतले ग्यास दिन पाइपलाइन बिछ्याइदिने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

cylinderकाठमाडौं । नेपाल आयल निगमले जनकपुरमा ग्यासको भण्डार गृह निर्माण गर्ने तयारी थालेपछि भारतले उक्त स्थानसम्म पाइपलाइन बिछ्याइदिने अनौपचारिक प्रस्ताव राखेको छ । उक्त प्रस्तावलाई नेपालले चासो बढाए जनकपुरसम्म पाइपलाइनबाट ग्यास दिन सकिने भारतीय अधिकारीले नेपाललाई आश्वस्त पारेका छन् ।

निगमले सरकारबाट स्वीकृति लिएर चाँडै जनकपुरको महेन्द्रनगरमा ग्यास भण्डारण गृह बनाउने तयारी थालेको नयाँ पत्रिकामा खबर छ । निगमको तयारी देखेर भारतीय आयल कर्पोरेसन (आइओसी)का अधिकारीले जनकपुरसम्म पाइपबाट ग्यास दिन सकिने बताएका हुन् ।
आइओसीले पनि मुजफ्फरपुरमा भण्डारण गृह बनाउन लागेको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७