शिक्षक सेवा आयोगले स्थायी विज्ञापन आह्वान गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

Teachers_Service_Comissionकाठमाडौ । शिक्षक सेवा आयोगले मंगलवार माध्यामिक र निमावि तहका लागि स्थायी विज्ञापन आह्वान गर्ने भएको छ ।

पाँच दिनअघि शिक्षा विभागले देशभरका माध्यामिक र निमावि शिक्षकको रिक्त दरबन्दी शिक्षक सेवा आयोगलाई उपलब्ध गराए पछि आयोगले विज्ञापन खुला गरेको नेपाल समाचारपत्रमा खबर छ ।

आयोगका अनुसार २०६३ वैशाख ११ गते यता रिक्त पदमा विज्ञापन खुलाउन लागिएको हो । शिक्षा विभागले गत साता मावि तहको एक हजार ३ सय ८५ र निमावि तहको एक हजार ८ सय ६४ गरी ३ हजार २ सय ४९ पद रिक्त भएको तथ्याङ्क आयोगलाई दिएको थियो ।

सम्बन्धित खबरहरु