ई–भिसा निजी कम्पनीलाई ठेक्का दिने, १६ करोडको काममा ३० अर्थको खेल खेल्दै गृहमन्त्री

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

visaकाठमाडौं । अध्यागमन विभागले सजिलै गर्न सक्ने ई–भिसासम्बन्धी काम आर्थिक चलखेलमा निजी कम्पनीलाई ठेक्का दिने प्रक्रिया अघि बढाईको खुलेको छ ।

मलेसियन कम्पनीलाई सिकमको डिजाईनमा निजी कम्पनीलाई ई–भिसाको ठेक्का दिने प्रक्रिया अघि बढाइएको छ । अध्यागमन विभागले १६ करोडमै इ–भिसासम्बन्धी काम गर्ने गरी प्रक्रिया अगाडि बढाएको थियो ।

विभागले गतवर्ष लागु गरेको अध्यागमन सुदृढीकरणका लागि सरकारसँग १६ करोड रुपैयाँ माग गरेको थियो । सरकारले पाँच करोड रुपैयाँ दिएपछि विभागले अनलाईन भिसा सिस्टम, केन्द्रीय डाटा सिस्टमलगायत प्रविधि लागु गरिसकेको छ ।

मेसिन रिडेबल ई–भिसाको लागि थप बजेट माग भएकोमा त्यसलाई बेवास्ता गरी गृहमन्त्री वामदेव गौतमले विदेशी कम्पनीलाई ठेक्का दिने गरी प्रक्रिया अघि बढाएका हुन् ।

आफूहरुले सजिलै गर्न सक्ने काम निजी कम्पनीलाई दिन लागिएको अध्यागमन कर्मचारीहरु बताउँछन् । मलेसियन कम्पनी सिकमको डिजाईनमा विदेशीलाई ठेक्का दिने प्रस्ताव गृहमन्त्रालयले अगाडि बढाएको थियो ।

गृहको प्रस्तावमा अर्थ मन्त्रालयले पनि तत्कालै सहमति दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७