प्रहरीको गाडीको ठक्करबाट मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

rautahatजनबोली २४ चैत, रौतहट । रौतहटको सदरमुकाम गौरमा शनिवार प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका एक प्रर्दशनकारीको शव अझै जिल्ला अस्पताल गौरमा राखिएको छ ।

शसस्त्र प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका गौर नगरपालिका १० सवगढका राम आषिश ठाकुरलाई सहिद घोषणा गर्नु पर्ने माग राख्दै गौरमा केहि दिन देखि प्रर्दशनकारी भएपछि शव अस्पतालमा राखिएको हो ।

सशस्त्र वेस क्याम्प बंकुल तर्फ गइरहेका ना. १ झ ७३३ नम्वरको सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट गम्भीर घाईते भएका ठाकुरको शनिवार बिहान उपचारको क्रममा जिल्ला अस्ताल गौरमा मृत्यु भएको थियो ।

मृत्यु भएको ठाकुरलाई सहिद घोषणको माग राख्दै सदरमुकाम गौर प्रर्दशन भै रहेको हो । मृत्यु भएको पाँच दिन बिति सक्दा समेत परिवारजनले शव पाएका छैनन् ।

सम्बन्धित खबरहरु