आन्दोलनले ३० दलको जनता माझ विश्वास गुम्ने : बरिष्ठ नेता नेपाल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

Madhav_kumar_Nepal._janaboliजनबोली २४ चैत, बारा । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले ३० दलिय गठबन्धनले गरेको आन्दोलनले जनता माझ उनीहरु कै विश्वास गुम्ने र जनमत घट्ने टिप्पणी गरेका छन् ।

बाराको सिमरामा स्थानीय सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै नेता नेपालले संघियताका पक्ष पोषकहरुले संघियता जनतालाइ घाँडो हो भन्ने अनुभव गराइरहेको भन्दै सबैले यस बिषयमा सोंच्नु पर्ने बताए ।

नेता नेपालले संघियताको बिषयमा कुरा गरिरहँने, कुँनै पनि निकास दिन नसक्ने र पनि संघियता कै कुरा अल्झिरहँने हुँदा मुलुकले संबिधान समयमा संविधान नपाएको प्रतिक्रिया समेत दिए ।

माधव नेपालले सरकारले कुनै पनि काम गर्न नसकेका कारण मुलुकमा अराजकता बढेको भन्दै सरकारको पनि कडा आलोचना गरे ।

सम्बन्धित खबरहरु