आमहड्ताल जायज भएको भट्टराईको दाबी

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

Baburamजनबोली २४ चैत, काठमाडौं । चौतर्फी आन्दोलनको विरोध भईरहँदा एमाओवादी वरिष्ठ नेता भट्टराईले सामाजिक सञ्जालमा आजको आन्दोलन जायज भएको भन्दै पोष्टेका छन् ।

विरोध भन्दा पनि उनले पोष्टेका स्ट्याटस्को बचाउ गर्दै भट्टराईले आजको आम हड्ताल बेठीक भन्न मिल्छ र भन्दै प्रश्न सोझ्याका छन् ।

आज ऐतिहासिक आन्दोलन भनेर राखिएको शिर्षकमा ‘आज ठीक २५ बर्ष पछि ती ऐतिहासिक आन्दोलनका उपलब्धीहरु ( गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानपातिक लोकतन्त्र ( लाई संविधानसभा मार्फत संस्थागत गर्न अहिले सत्तामा बसेकाहरुलाई दवाव दिन अर्को ३ दिने आम हड्तालको आयोजना गर्नुपर्ने अप्रिय तर वाध्यात्मक अवस्था सिर्जना भएको छ’  भनेर बताएका   छन् ।

हेर्नु होस् बाबुरामको फेसबुकबाट निकालिएको पोष्टbaburam post chaitra 24

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७
भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७