जसरी नै संविधान जारी हुन्छ: वरिष्ठ नेता देउवा

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

sher-bd-deubaजनबोली २४ चैत, जापान । केही दिन देखि जापान भ्रमणमा रहेका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जस्तो सुकै हालतमा पनि संविधान जारी हुने बताएका छन् ।

नेपाली जनसम्पर्क मञ्चको आयोजनामा सोमबार राजधानी टोकियो आएका पूर्वप्रधानमन्त्री देउवाले यस पटक जस्तोसुकै अवरोध भए पनि नेपाली जनतालाई संविधान दिलाएरै छाड्ने यहाँका नेपालीहरुलाई बताए । “संविधान निर्माण पक्षमा भएका कमजोरी औँल्याएर अघि बढ्नाको विकल्प छैन”– उनले भने ।

राजनीतिक अस्थिरता र युवा विदेश पलायनका कारण देशले समाधान पाउन नसकेको उहाँले जिकिर गर्नुभयो । देउवा पत्नी डा आरजुसहित तीन दिनअघि यहाँ आएका हुन ।

सम्बन्धित खबरहरु