बन्दको अवज्ञा गरेको भन्दै, यात्रुबसमा ढुङ्गामुढा प्रहार

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

Mahotariजनबोली २४ चैत, महोत्तरी ।  (तीस दलीय मोर्चाका नेता कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा एक यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै सयौँको सङ्ख्यामा रहेका मोर्चाका नेता कार्यकर्ताले जलेश्वर नगरपालिका चौकमा ज. १ख ६५९ नम्बरको मुना डिलक्स बसमा तोडफोड गरेका हुन् । तीस दलको तीनदिने बन्दी रहेको बेला पनि आज बिहान जिल्लाको सम्सीबाट यात्रु बोकेर आएको सो बसलाई मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गरेका हुन् ।

मोर्चाको बन्दका कारण आज बिहानैदेखि महोत्तरीको जनजीवन प्रभावित बनेको छ भने कुनै पनि यातायातका साधन चलेका छैनन् । यसैबीच मोर्चाका नेता कार्यकर्ताले जिल्लाको सदरमुकाम जलेश्वरलगायत बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत ठाउँमा पसल, बजार, कलकारखाना र उद्योगधन्दा बन्द गराउँदै हिँडेका छन् ।

सम्बन्धित खबरहरु