के देश बन्द मैदानमा खेलिने भकुण्डो हो ? माओवादी लगायतले नेपालीको छातिमा लात बजार्यो (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २४ चैत, २०७१

जनबोली/ २४ चैत, काठमाडौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ३० दलिय मोर्चाले देशलाई बन्द घेरा भित्रको मैदान बनाएर भकुण्डो खेलेको छ । एक दिन काम नगरे रातको छाक टार्न धौ–धौ पर्ने अधिकांश जनतालाई बन्दको मार खेपाएर आफ्ना कार्यकर्ता सहित सडकमा उतारेर भकुण्डो खेलाएको हो ।

काठमाडौको बिजुलीबजारमा एउटा यस्तो दृष्य देखियो माओवादी लगायत ३० दलिय मोर्चा भित्रका शीर्ष नेताहरु दर्शक बनेर कार्यकर्तालाई देशको हालत अब यस्तो भयो भन्दै भकुण्डो खेल्न लगाए । अधिकांश माओवादी कार्यकर्ता रहेको गोलो घेरा भित्र एक कार्यकर्ताले भकुण्डो खेलाउदै अब देशलाई यसरी फुटबलको रुपमा खेलाउछौ भन्दै प्रर्दशन गरेका थिए । उनले देश अब हाम्रो निश्चित घेरा भएको फुटबल मैदान जस्तै भयो हामि देशलाई अब यसरी खेलाउछौ भनिरहेका थिए ।

त्यतिनै बेला त्यही एनेकपा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोट नजिकै मुसुमुसु हासिरहेका थिए । नजिकै सुरक्षा घेरामा रहेका सुरक्षाकर्मी भने राष्ट्रको नाममा गरेको यस्तो प्रदर्शनले छाती चिरिएको गुनगुनाहट सहकर्मीसँग गरिरहेका थिए ।

यसरी खेलाए भकुण्डो हेर्नुहोस्

IMG_0269 IMG_0270 IMG_0271 IMG_0272 IMG_0273 IMG_0274 IMG_0275 IMG_0276 IMG_0277 IMG_0278 IMG_0280IMG_0281

सम्बन्धित खबरहरु