काठमाडौ । शिक्षक सेवा आयोगले माध्यामिक तहमा अध्यापन गर्न चाहनेका लागि अध्यापन अनुमति पत्रका लागि परीक्षा खुलाएको छ । चैत २४ गते परीक्षा हुने गरी आयोगले माघ १९ गते शुक्रबार आयोगले सूचना प्रकाशित गरेको हो ।

आयोगले जारी गरेको सूचनामा माध्यामिक तहको अस्थायी अनुमति पत्रका लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको हो । जसमा आगामी फागुन २० गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ । भने दोब्बर दस्तुर तिरी फागुन २७ सम्म दरखास्त दिन सकिने ।

आयोगले दरखास्त दिन जिल्ला शिक्षा कार्यालयहरु झापा, काठमाडौं, बाँके, कास्की र कञ्चनपुरमा दिन सकिने उल्लेख गरेको छ । १८ वर्ष पूरा भएको, स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको तथा शिक्षक सेवा आयोगको नियमावली, २०५७ को नियम ६ घ को उपनियम (१) को खण्ड (क) –च बमोजिम आयोग्य नभएकाले दरखास्त दिन सक्नेछन् । यो जानकारी सबैमा पुर्याउन सेयर गनुृहोस् ।
बाँकी विज्ञापनमा हेर्नुहोस्

सम्बन्धित खबरहरु