समयले कसैलाई कुर्दैन, मलाई पनि कुरेन : क्रिकेटर विनोद दास

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

Binod-Dasकाठमाडौं । क्रिकेटमा मैले विताएको समय १७ वर्ष भइसकेछ। सामान्य रुपमा हेर्दा यो समय धेरै लामो जस्तो लाग्छ । तर स्वयम एउटा खेलाडीका रुपमा मैले सोच्दा यो समय अहिले छोड्ने बेला निकै छोटोजस्तो लागिरहेको छ ।

मलाई आफू खेलजीवनबाट विदा हुँदैछु भन्ने विषय सोच्न पनि मन पर्दैन। सधै बाउन्ड्रीभित्र बल र ब्याटसँग रमाइरहन मन लाग्छ ।

तर अव समय आइसकेको छ। निर्दयी समयले कसैलाई कुर्दैन। मलाई पनि कुरेन। खेलिरहँने इच्छालाई थाँती राख्दै अव मैले पनि खेलाडीका रुपमा विदा लिने समय आयो।

तर अहिले विदा हुने बेला मसँग नेपाली क्रिकेटमा विताएका गौरवमय सम्झनाहरु छन्, जसले बाँकी जीवन पनि क्रिकेटमा विभिन्न भूमिकामा योगदान गरिरहन मलाई उत्साह दिनेछन् ।

आखिर यो मेरो खेलाडी जीवनकोमात्र अन्त्य हो। पूरा जीवनको अन्त्य होइन। खेलजीवनको पनि अन्त्य होइन।

मेरा लागि जीवनको पर्याय नै क्रिकेट हो। मैले जानेको क्रिकेट, क्रिकेट र क्रिकेट मात्र हो। मैले क्रिकेटबाहेक पनि धेरैतिर अनुभव गरेँ। धेरै काम गरेँ। जानेको सिकाएँ।

तर क्रिकेट खेल्नमा जत्ति मजा आयो, अरुमा आएन। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु