kuala-lumpur-malaysia-photos-2काठमाडौं । मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ ।

अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकार विपरित यस्तो यातना दिने गरेका हुन् ।

मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्दै हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरुलाई नांगै पारेर, नृत्य, कसरत, पिचमा लडीबुडी, घुँडा र कुहिनाले टेकी हिँड्न र उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ ।

प्रहरी र जेलअधिकारीले यसबाट मनोरञ्जन लिने गर्छन । पक्राउ गरि अदालतले सजाय तोकेपछि यातनाको क्रम सुरु हुने त्यहाँबाट फर्केका नेपाली बताउँछन् ।

‘पुरै नांगै बनाएर यातना दिए, जेल र क्याम्प दुवै ठाउँमा यातना पाइयो’, एक महिना अघि नेपाल आएका स्वाङजा निबुवाखर्क–६ का कृष्ण न्यौपानेले भने । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु