कुवेतस्थित नेपाली दूतावासले सञ्चालन गरेको आवासगृह (सेल्टर) बन्द

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

Hona-Al-Kuwaitकाठमाडौं । कुवेतस्थित नेपाली दूतावासले त्यहाँ सञ्चालनमा रहेको आवासगृह (सेल्टर) बन्द गरेको छ ।

घरेलु कामदारको रुपमा कुवेत पुगी समस्यामा परेका नेपाली महिलालाई सेल्टरमा राखिंदै आइएको थियो। सेल्टरमा रहेका ५४ जना महिलालाई सोमबारबाट कुवेत सरकारले सञ्चालनमा ल्याएको एक सेन्टरमा सारेपछि दूतावासले आफ्नो सेल्टर बन्द गरेको हो ।

‘बिभिन्न देशबाट घरेलु कामदारको रुपमा कुवेत आई समस्यमा परी स्वदेश फर्कन चाहनेलाई फर्कन प्रक्रिया पुरा नहुन्जेलसम्मको लागि बस्ने, खाने तथा उपचार गर्ने सुविधाको लागि कुवेतको सामाजिक मामिला तथा श्रम मन्त्रालयले हालै एक सेन्टर खडा गरेको छ’, कुवेतस्थित नेपाली दूतावासद्वारा उल्लेख छ, ‘भारत, श्रीलंका, फिलिपिन्स लगायतका देशहरुले पनि आफ्ना घरेलु महिला कामदारहरुलाई उक्त केन्द्रमा स्थानान्तरण गरिसकेका छन्।’

रोजगारको लागि कुवेत पुगेका थुप्रै महिला समस्यामा पर्न थालेपछि नेपाली दूतावासले त्यहाँ सेल्टर खोलेको थियो ।

सेल्टरले समस्यामा परेका नेपाली महिलालाई स्वदेश फर्कने प्रक्रिया पुरा नहुन्जेलसम्म उनीहरुलाई सम्पूर्ण सुविधा उपलब्ध गराउँदै आउको थियो । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७