पशुपतिनाथको नक्कली मन्दिर बनाउन प्रस्ताव, भारतको पुणेमा पनि पुशपतिनाथ मन्दिर बन्ने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

pashupati dev trustकाठमाडौं । एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन गरेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोष सकारात्मक भएको छ । कोषका पदाधिकारीहरु त्यसकै अनुगमनमा चाँडै भारतको महाराष्ट्र जाँदै छन् ।

महाराष्ट्रको पुणेका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेका छन् ।

जसमा कोषका पदाधिकारीहरु सकारात्मक देखिएका छन् ।

दान दिने जमिनमा पशुपतिनाथकै जस्तो मन्दिर कोषले बनाइदिनुपर्ने प्रस्ताव भारतीय नागरिकको छ ।

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनसहितको चार सदस्यी टोलीले त्यसको स्थलगत निरीक्षणका लागि पुणे जाने तयारी गरेको छ ।

टोलीमा पशुपति विकास कोषका तीन र संस्कृति मन्त्रालयका एक प्रतिनिधि रहेका छन् ।

कोषका कोषध्यक्ष तारानाथ सुवेदीका अनुसार भारतले दिने भनेको जमीन टीक भए नभएको निरीक्षण गर्न नेपाली टोलि जान लागेको हो ।

‘जग्गा दिने त भनियो, ठीक छ छैन, जानकारी छैन । निरिक्षण गर्नै पर्नेभो । त्यसैकालागि टोली पुणे जानलागेको हो ।’ उनले भने । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७