gaur bandaजनबोली २५ चैत, रौतहट । लगातार ७ दिनदेखि बन्द रहेको रौतहटको गौरमा आन्दोलनकारी र प्रशासनबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

उद्योग वाणिज्य संघ, स्थानीय प्रशासन र पत्रकार महासंघको सहभागीतामा भएको छलफलका क्रममा आन्दोलन फिर्ता लिने सहमति भएको हो । सहमतिपछि एक सातादेखि बन्द रहेको गौर खुलेको छ ।

सहमतिअनुसार आन्दोलनका क्रममा घाइते भएकालाई उपचारखर्च सरकारले व्यहोने, प्रहरीको गाडी ठक्करबाट मृत्यु भएका आषिश ठाकुरका आफन्तलाई तत्कालका लागि ८ लाख क्षतीपुर्ति दिने र सहिद घोषणाका लागि सिफारिस गर्ने सहमित भएको छ ।

आन्दोलनका क्रममा प्रहरीबाट भएको भनिएको दमनका विषयमा उच्चस्तरिय छानविन समिति बनाउने सहमति पनि भएको छ ।

सम्बन्धित खबरहरु