संघीयतालाई थाती राखेर संविधानको मस्यौदा जारी गर्न नसकिने : नेम्वाङ

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

subash-nembang 1जनबोली २५ चैत, काठमाडौं । सभाध्यक्ष सुवास नेम्वाङले संघीयतालाई थाती राखेर संविधानको मस्यौदा जारी गर्न नसकिने बताएका छन् ।

कांग्रेस र एमालेले विवादित विषयलाई थाती राखेर भएपनि संविधानको मस्यौदा जारी गर्ने बताएका छन् । नेम्वाङले भने(संघीयताविनाको संविधान जारी गर्ने अधिकार संविधानसभालाई छैन, त्यस्तो काम मबाट कसरी हुन्छ र ?’

एमाले नेताहरुले नै बाहिर आए जस्तो नभएको बताएको सभाध्यक्ष नेम्वाङले सुनाए । यसअघि माघ ८ गते साँझ विजय गच्छदारले राखेको प्रस्ताव जस्तै एमाले अध्यक्ष ओलीले संघीयता बाहेकका विषयलाई मस्यौदा बनाएर संघीयतामा छलफल जारी राख्ने धारणा अघि सारेको नेम्वाङले बताए ।

नयाँ वर्षको आगमनसँगै मतदान
चैत ३० गते बस्ने संविधानसभा बैठकले अब संविधान मस्यौदाको प्रक्रिया शुरु गर्नेछ । नयाँ वर्ष ०७२ को शुरुवातसँगै प्रश्नावलीमाथि मतदानको प्रक्रिया शुरु हुनेछ ।

संविधानसभाले आफ्नो काम अघि बढाउँदै गर्दा दलहरुबीच सहमतिका लागि पनि पर्याप्त समय दिने संकेत सभाध्यक्ष नेम्वाङले गरे । उनले भने(‘कि त दलहरुबीच सहमति नभएसम्मका लागि बैठक नै नबस्ने भनेर संविधानसभा बन्द गर्नुपर्‍यो । नत्र संविधान, नियम र स्थापित अभ्यासअनुसार अघि बढ्नुको विकल्प छैन ।’

स्रोतका अनुसार अब संविधानसभा बैठकले विवादित विषयमा बनाइएका प्रश्नावलीहरुलाई मतदानबाट टुंगो लगाउनेछ । मतदानपछि मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाइनेछ ।

मस्यौदा समितिले संविधानको प्रारम्भिक मस्यौदा बनाउन कम्तिमा दुई महिना लाग्छ । त्यसपछि त्यो मस्यौदा संविधानसभाको पूर्ण बैठकमा गएर फेरि जनताको राय लिन जनताबीच पठाउनुपर्छ ।

सम्बन्धित खबरहरु