स्थायी शिक्षकको लागि नयाँ विज्ञापन खुलेपछि, विज्ञापन गरिएकोे भन्दै विरोध

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

Teachers_Service_Comissionजनबोली २५ चैत, काठमाडौं ।नेपाल शिक्षक महासङ्घले आफू र सरकारसँग विगतमा भएको सहमति विपरीत शिक्षकको खुल्ला प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरिएकोे भन्दै विरोध गरेको छ ।

शिक्षा मन्त्रालय र आफूहरूबीच गत पुस १० मा भएको सहमतिको उलङ्घन गरिएको जनाउँदै महासङ्घका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुँवरले जारी गरेको विज्ञप्तिमा विसं २०६३ वैशाख १० यताको रिक्त अस्थायी दरबन्दीमा विज्ञापन गर्दा कूल रिक्त दरबन्दीको ४९५ मा आन्तरिक र ५१५ मा खुल्ला परीक्षा गर्न शिक्षा ऐनमा संशोधन गर्ने सहमति भएको स्मरण गराइएको छ ।

शिक्षक सेवा आयोगले गरेको विज्ञापनमा तीन हजार दुई सय शिक्षकका लागि खुल्ला आवेदन माग गरिएको छ । शिक्षा ऐनमा आठौं संशोधनको मस्यौदा अर्थ मन्त्रालयमा रोकिएका कारण अस्थायी शिक्षकका माग सम्बोधन गर्न नसकिएको शिक्षा मन्त्रालयको भनाइ छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७