घाँटीमा ७ सेन्टिमिटरको जूका देखिएपछि…

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

PAY-leech-found-in-boys-throat-main -एजेन्सी- चीनमा बस्दै आएका छाएबो चैन नामक किशोरको घाँटीमा चिकित्सकहरुले  एक्स–रे गरी हेर्दा जूका भेट्टाएका छन् । विद्यालयमा पढ्दै गरेका ११ वर्षीय बालकको घाँटीमा ७ सेन्टिमिटरको जूका देखिएपछि चिकित्सकहरु अचम्ममा परेका थिए ।

टनसिल भयो भनी जचाउँन आएका चैनको एक्स–रे गरे पछि जूका रहेको पत्ता लागेको हो । धेरै समय अघी देखी नै चैनलाई समय समयमा रुघा पनि बल्झिरहने गरेको थियो । चैन प्राय घाँटी दुख्यो भन्ने, बोल्दा पनि अप्ठेरो गरी बोल्ने गरेको चैनका आमाबुबाले बताए ।PAY-Leech-removed-from-boys-mouth (1)

पहिले सामान्य बिरामी हुने चैनले बारम्बार यही समस्या भएको बताएपछि उनका आमाबुबाले चैनलाई अस्पताल लगेका थिए ।   विद्यालय जाँदा पोखरीको पानी खाने गरेका चैनको घाँटीमा जूका पनि पानीसँगै पसेको र घाँटीको नलीमा जूका टाँस्सिएर बसेको अनुमान चिकित्सकहरुले लगाए । घाँटीमा पस्दा सानै रहेको जूका भित्रनै बढ्दै गएको हुनाले चैनलाई धेरै गाह्रो हुँदै गएको थियो ।

चैनको श्वासप्रश्वास नलीमा बसेको सो जूका बढ्दै गएपछि सास फेर्न पनि अप्ठेरो भएको चैनले बताए । चिकित्सकहरुले बताए अनुसार केही दिन अझै जूका ननिकालिएको भए  चैनको ज्यान पनि जान सक्थ्यो ।  अहिले उनको घाँटीको जूका निकालिएको छ । उनी स्वस्थ पनि छन् ।PAY-Leech-removed-from-boys-mouth (2)

सम्बन्धित खबरहरु