कस्ले कुम्ल्याउँदैछ बिदेशी अनुदान र बजेट ?

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

krishiजनबोली २५ चैत, काठमाडौं । देशमा कृषि क्षेत्रको  बजेट वढेर १२ अर्बबाट  २४ अर्व पुगिसकेको छ । स्वदेशी मात्रै होइन विदेशी दातृ निकायहरुको समेत यो क्षेत्रमा उत्तिकै चासो र सक्रियता छ । तर जति लगानी ओइराइए पनि वालुवामा पानी खन्याएझैं भईरहेको छ । कृषि उत्पादन बढ्न नसकेर आयत बर्षेनी बढेको बढ्यै छ ।

आखिर कस्ले कुम्ल्याउँदैछ यति धेरै बिदेशी अनुदान र बजेट ?

वल्डबैंक, एडिबी, यूएन, आइएफएडि, एसडिसि, जिएफएसपी लगायतका विभिन्न पाँच दातृ निकायले १३ आयोजना मार्फत अर्बौ लगानी गरिरहेका छन्  । तर पनि माछा मासु,दलहन,अनाज सबै बस्तुको लागि विदेशीहरुकै भरोसा गर्नुपर्ने अवस्था छ ।

कृषि मन्त्रालय अन्र्तगत अहिले १३ परियोजना सञ्चालित छन । वल्र्ड बैंकको सहयोगमा ७५ जिल्लामा सञ्चालित व्यवसायिक कृषि परियोजना (प्याक्ट) झण्डै ८ अर्व १० करोडको सबैभन्दा ठूलो योजना ,कृषि तथा खाद्य सुरक्षा सम्बन्धी मध्यपश्चिम र सुदुरपश्चिमका १९ जिल्लामा सञ्चालित आयोजनाका लागि ५ अर्व ७ करोड माथिको लगानी छ । त्यस्तै,किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम अन्र्तगत ५ अर्व २ करोड माथिको लगानी छ ।

यता साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका लागि ३ अर्व ३ करोड दातृ निकायको सहयोग रहेको छ । उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन आयोजना (हिमाली ) मा ३ अर्व एसियाली बिकास बैंकको सहयोगमा जुम्ला, मुगु, हुम्ला, डोल्पा, मुस्ताग, मनाग, सोलुखुम्बु, संखुवासभा, रसुवा र दोलखा जिल्लामा सञ्चालित छन ।

यूएनले  उच्च मूल्य कृषि बस्तु विकास आयोजनाका लागि १ अर्व ८ करोड रकम सहयोग गरेको छ । समुदाय व्यवस्थित सिंचित (कृषि)का पूर्वाञ्चलको सुनसरी र मध्यामाञ्चलको भत्तपुर बाहेकका ३३ जिल्लामा सञ्चालित छ । जस्लाई यूएनले ५ मिलियन डलर सहयोग उपलव्ध गराएको छ । घर बगैचा कार्यक्रम,जलवायू प्रकोप समुत्थान निर्माण आयोजना,बल्ड बैंकको २.७ मिलियन डलर सहयोगमा सञ्चालित रानी जमरा कूलरीया सिंचाई आयोजना पनि छदैछ ।

झापा, सुनसरी, वारा, पर्सा लगायतका जिल्लामा वल्र्ड बैंकको सहयोगमा सञ्चालित ६.२ मिलियनको आयोजना समेत गरि १३ आयोजना कृषि मन्त्रालय मातहतमा सञ्चालित छन । यति हुदा हुदै पनि बार्षिक करिव ५ अरवको बरावरको दलहनको आयात, झण्डै ५ अरव कै हाराहारीमा मकै १४ अर्व वरावरको धानको आयात गर्दैछौं ।

१४ लाख हेक्टर क्षेत्रफलमा हामी धानको खेतीपाती गर्दै आएका छौं । शून्य दशमलव ५ मेट्रिकटन/हेक्टर क्षेत्रफल मात्रै वढाउने हो भने २ लाख मेट्रिक टन धानको उत्पादन बढाउन सक्ने कृषि मन्त्रालय योजना महाशाखाका सह सचिव योगेन्द्र कुमार कार्की सुनाउछन ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७