एजेन्सी । धेरै युवा युवतीको मुडनै प्रेम, प्रेम प्रस्ताव, विवाह, घुमफिर आदीमा जान थालेको छ । तर एक ५७ बर्षिय निगेल सेयमारले केही महिना देखि मनपराएकी २८ बर्षिया राहेल एलेनलाई निवस्त्र अवस्थामै विवाहको प्रस्ताव राखेका छन् ।

४ सय जना निवस्त्र ब्यक्तिहरुका अगाडी राखिएको यो प्रस्तावलाई सम्भवत अहिलेसम्मकै सर्वाधिक बोल्ड विवाहको प्रस्ताव मानिएको छ । नेचरिष्ट क्लवका सदस्य निगेल र राहेलको भेट करिव ६ महिना अगाडी भएको थियो । प्राकृतिक रुपमा निवस्त्र भएर हिड्डुल गर्ने क्लवको सदस्य भएपछि नै उनीहरु विच सामिप्यता बढेको थियो । निगेल भन्छन्– पहिला यो क्लवमा आएर निवस्त्र भएर हिड्डुल गर्न निकै असहज भएको थियो । तर विस्तारै सबैले मलाई सहज बनाउदैं लगे । यही क्रममा राहेल पनि भेट भईन् ।

बेलायतको एक नेचरिष्ट क्लवमा निवस्त्र रुपमा भेटघाट हुदाँ उनीहरु यति नजिक भएकी दुबैले एक अर्कालाई मनपराउन थालेका थिए । यसरी नेचरिष्ट हुने क्रममै आफुलाई राहेलले मनपराएको थाहा पाएपछि निगेलले सोही अवस्थामा नेचरिष्टका साथीहरुको सामुन्ने विवाह प्रस्ताव राख्ने सोचाई बनाएका थिए ।

नेचरिष्टहरुको कार्यक्रम भैरहेको अवस्थामा आफु पनि स्टेजमा जाने अनुरोध गरेपछि उनले विवाहको प्रस्ताव गर्ने मौका पाएका थिए । सोही समयमा उनले राहेललाई पनि स्टेजमा बोलाएका थिए । उनी स्टेजमा आएपछि निगेलले राहेललाई विवाहको प्रस्ताव राखेका थिए । साथीहरुको सामुन्ने विवाह प्रस्ताव राख्ने सोचाई बनाएका थिए ।

नेचरिष्टहरुको कार्यक्रम भैरहेको अवस्थामा आफु पनि स्टेजमा जाने अनुरोध गरेपछि उनले विवाहको प्रस्ताव गर्ने मौका पाएका थिए । सोही समयमा उनले राहेललाई पनि स्टेजमा बोलाएका थिए । उनी स्टेजमा आएपछि निगेलले राहेललाई विवाहको प्रस्ताव राखेका थिए ।

सम्बन्धित खबरहरु