आमा छोराको रहस्यमय मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

bara-district1जनबोली २५  चैत, बारा । बाराको रामपूर्वा गाबिस वडा नं. २ अरेम्बा स्थित बिर्तामा आमा छोराको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुँनेमा कुलदिप चौधरीका २१ बर्षिया श्रीमती अनु चौधरी र निजका ३ बर्षिय छोरा राहुल चौधरी रहेको बारा प्रहरीले जनाएको छ ।

हिजो राती करिब १० बजेको समयमा सुत्ने बेला अचानक आमा छोरा बेहोस् भएपछि उपचारका लागि कोहल्वी ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहल्वीले जनाएको छ ।मृत्तकको शव पोष्ट मार्टमको लागि जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सदरमुकाम कलैया अस्पतालमा लगेको जनाउँदै घटनाको अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी नायाव उपरिक्षक रबिन्द्र रेग्मीले बताएका छन् ।

उता स्थानीयहरुले अनु चौधरी हिजो दिउँसो करिब चार बजेको समयमा खेत तिर गएको र खेत मैं केहि कुरोले खुट्टामा घोचेको बताउँदै सर्पको टोकाइबाट अनुको सरिरमा बिष फैलिएको हुँनाले छोरालाइ पनि उनले आफ्नों दुध खुवाउँदा आमा र छोरा दुबैको मृत्यू भएको हुँन सक्ने अनुमान गरेका छन् ।

यता अनुसन्धानको प्रक्रिया सुरु गरिएको र मृतकहरुको शवको पोष्टमार्टम नभए सम्म सर्पले टोकेको कुरा यकिन गर्न नसकिने बाराका प्रहरी नायाव उपरिक्षक रबिन्द्र रेग्मीले बताएका छन् ।

सम्बन्धित खबरहरु