स्पेनिस ला लिगा : एथ्लेटीकोले सोसिडाडलाई २–० ले पराजित गर्यो

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

atletico griezmanएजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथलेटिकको मड्रिडले रियल सोडिसालाई पराजीत गरेको छ ।गएराति भिसेन्ट काल्डिरोनमा भएको खेलमा एथ्लेटीकोले सोसिडाडलाई २–० ले पराजित गरेको हो ।

जित सँग एथलेटिकको अंक तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । एथलेटिककोले दोस्रो मिनेटमा पाएको कर्नरमा आत्मघाती गोलको उपहार पाएको थियो ।

एन्टोनि ग्रिजमानले १० मिनेटमा एथलेटिककालागि उत्कृष्ट गोल गरे । त्यस पछि खेलमा कुनै गोल हुन नसक्दा एथलेटिककोले २–० ले जित जित्न सफल भयो ।

३० औ चरणको खेल चलिरहदा ७१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहदा समान खेलबाट ६७ अंक सहित रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा उक्लिएको एथलेटिकको मड्रिड ६५ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

यता, इंलिस प्रिमियर लिग फूटबलमा एस्टन भिल्लाले क्युपिआर सँग बराबरी खेलेको छ ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा रेलिगेसन बाट वच्न संघर्ष गरिरहेको क्युपिआरले भिल्ला सँग ३–३ गोलको बराबरी खेलेको हो ।

खेलको ७ औ मिनेटमा सुरुवाति गोल गरेको क्युपिआरले त्यसलाई जोगाउन नसक्दा १० औ मिनेटमा एस्टन भिल्लाका लागि नायक बनेका क्रिष्टियन बेनेटेकले गोल गरे ।

सम्बन्धित खबरहरु