स्मार्ट फोन, मोबाइल तथा ल्यापटपको ब्याट्रि एक मिनेटमै चार्ज हुने !

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार २५ चैत, २०७१

एजेन्सी – दैनिक घण्टौ मोबाइल तथा ल्यापटप चार्ज गर्नुपर्दा हामी जो कोहीले पनि हैनारी पाइरहेका छौं । अझ नेपाल जस्तो मुलुकमा त लोडसेडिङको कारणले पूर्ण रुपमा चार्ज जर्न पनि समस्या छ ।

अब भने वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाएका छन् –त्यो हो एक मिनेटमै चार्ज हुने ! हो, वैज्ञानिकहरुले हालै बनाएको ब्याट्रिले एक मिनेट भित्रै स्मार्ट फोन, मोबाइल तथा ल्यापटपको ब्याट्रि चार्ज गर्न सकिने छ । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले आल्मुनियम आयोन ब्याट्रि बनाएका हुन् । जसबाट ब्याट्रि एक मिनेट भित्रमा रिचार्ज हुनेछ ।

ब्याट्रिले अहिले स्मार्ट फोन, मोबाइल तथा ल्यापटपमा प्रयोग भैरहेको लिथियम मोडलका ब्याट्रिलाई विस्थापित गर्ने अनुसन्धानकर्ताले बताएका छन् हाल सबै जसो स्मार्ट फोन तथा ल्यापटपमा यही लिथियम मोडलको ब्याट्रि प्रयोग हुने गरेको छ । नेचर जर्नलमा प्रकाशित भएको अनुसन्धानका अनुसन्धानकर्ता स्टानफोर्ड विश्वविद्यालयको रसायनशास्त्रका प्राध्यापक होङजी डाइले यो अनुसन्धान ब्याट्रि प्रविधिमा अहिलेसम्मकै ठूलो उपलब्धि रहेको बताए ।Smartphones

आलमुनियमबाट बनेको एनोड र ग्राफाइटबाट बनाइएको क्याथोड जडित ब्याट्रिले दुई भोल्टसम्मको बिजुली निकाल्न सक्ने अनुसन्धानकर्ताले बताएका छन् । यो ब्याट्रिबाट दुई भोल्ट भन्दा बढी बिजुली निकाल्ने विषयमा पनि अनुसन्धान भैरहेको समाचारमा जनाइएको छ।

यसैबीच नयाँ बनाइएको आलमुनियम आयोन ब्याट्रिले आगो नसमात्ने र प्रयोग भैरहेका बेला ब्याट्रिमा प्वाल पारे पनि नपड्किने दाबी गरिएको छ ।

सम्बन्धित खबरहरु