लिडर बार्सिलोना आफ्नो पछिल्लो खेलमा पनि विजयी

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Barcelona vs Cityएजेन्सी । जारी स्पेनिस ला लिगा फुटवलमा लिग लिडर बार्सिलोना आफ्नो पछिल्लो खेलमा पनि विजयी भएको छ ।

गएराति बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा भएको खेलमा बार्सिलोनाले अल्मेरीयालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

बार्साको जितमा लुइस स्वारेजले दुई, लियोनल मेसी तथा बारटाले एक एक गोल गरेका थिए ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा दास्रो स्थानमा रहेको रियल मड्रिडले रायो भालकानोलाई २ –० ले पाखा लगाउदै शिर्ष स्थानको बार्सा संगको अंक दुरी ४ अंकमा झारेको छ ।

भालकानो सँग ३ अंक हात पार्ने क्रममा रियलकालागि क्रिष्टियानो रोनाल्डो तथा जेम्स रोड्रिगेजले एक एक गोल गरे ।

जीत सँगै मड्रिड ३० खेलबाट ७० अंक सहित दोस्रो स्थानमा रहदा समान खेलबाट ७४ अंक रहेको बार्सिलोना शिर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७