चीनको दुर्गम गाउँमा नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्दारका लागि आग्रह

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Chinaकाठमाडौं । विवाह गरेर चीनको दुर्गम गाउँ पुगेका नेपाली युवतीले आफूहरु बेचिएको भन्दै उद्दारका लागि आग्रह गरेका छन् ।

चीनको उत्तर–पूर्वी प्रान्त हार्विनको दुर्गम गाउँमा पुगेका १८ युवतीले आफूहरुलाई यौनदासका रुपमा राखिएको बताएका हुन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) की एसपी किरण बज्राचार्यका अनुसार पीडित युवतीले दुःख पाएको भन्दै उद्दारका लागि फोनमार्फत आग्रह गरेका छन् ।

यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकिएको बज्राचार्यले बताइन् ।

काठमाडौंका म्यारिज ब्युरोमार्फत चिनियाँ पुरुषसँग विवाह गरेर नेपाली युवती चीनका विभिन्न गाउँमा पुगेका छन् ।

महिनामा एक लाखभन्दा धेरै कमाई हुने र विवाह गर्ने युवक धनी भएको भन्दै झुक्याएर बिहे गरी नेपाली युवतीलाई चीनमा लगीएको हो ।

तर, आफुहरुलाई पशु जस्तो व्यावहार गरी यातना दिएको र यौन दाशका रुपमा राखिएको भन्दै पीिडत युवतीहरुले उद्धारको आग्रह गरेका हुन् ।

एसपी बज्राचार्यका अनुसार चिनियाँ र कोरियनसँग विहे गरेर लगेकालाई झुक्याएर दुर्गम गाउँमा राख्ने गरिएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७