बुहारीलार्इ सासुससुरा मिलेर हत्या गरेको खुलासा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

hatyaचरीकोट । छोराले प्रेमविवाह गरेर भित्राएकी बुहारीलार्इ सासुससुरा मिलेर हत्या गरेको खुलासा भएको छ ।

बुहारीको हत्या गर्न छिमेकी एक युवालाई २० हजार रुपैयाँ दिने आश्वासन दिएर साथी लगेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दस दिन अघि दोलखाको भुषाफेदा गाविस-६ को गोल्फु पाखाजंगलमा १७ वर्षीया आठ महिने गर्भवती मृतअवस्थामा फेला परेकी थिइन् ।

सासु बुहारीको दैनिक झगडा हुने र छोराको प्रेम बिवाहपछि बुहारीका माइतीले सगुन नलिएको विषयलाई लिएर उनको हत्या गरिएको बयान आरोपितले दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोलेले १६ गते राति रक्सी खान असलमानको घरमा गएका बेला असलमान दम्पत्तिले २० हजार दिने आश्वासन दिएपछि आफु पनि साथी गएको स्वीकार गरे ।

उनले घरबाट करिव एक घण्टाको बाटो हिडेपछि बुहारी बसेको ठाउँमा पुगेर सुरुमा ससुरा असलमानले कोदालोले टाउकोमा हानेपछि बुहारी ऐया ऐया भनेर चिच्याउँदा सासुले कपाल भुतल्यार्इ बारीको कान्लोमुनी झारेको बताए ।

त्यसलगतै ससुराले टाउकोमा ढुङ्गा प्रहार गर्दा सास नगएपछि आफुले कोखमा लात्तीले हानेर मारेको उनले बयान दिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु