बेलायती राजपरिवार नेपाल भ्रमणमा आउँदै

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

royal-family-1024x436काठमाडौं । बेलायती युवराज विलियम अर्थर फिलिप लुइस विलियमले सपत्नि नेपालको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन् ।

बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्वन्धको दुईसय बर्षगाँठको अवसरमा पुरानो मित्र मुलुक नेपाल आउने इच्छा देखाएका हुन् ।

बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो ।

नेपालको सबभन्दा पुरानो मित्र मुलुक बेलायतका युवाराज विलियम र युवराज्ञी केट मिडलटन नेपाल आउने तारतम्य मिलाउन दुवै सरकार लागिपरेका छन् ।

यसरी गृहकार्य सुरु भइसकेकोले भ्रमण प्रायः निश्चित हुने भए पनि नेपालको राजनीतिक उतारचढावको कारण निश्चिन्त भने हुन सक्ने अवस्था नभएको एक अधिकारीले बताए ।

नेपाल गणतन्त्रमा गएपछि पुरानो मुलुकको राजपरिवारबाट पहिलो पटक यस्तो भ्रमणको तयारी अघि बढेको हो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु