नन्दप्रसादको शव सात महिनादेखि अस्पतालमै ; न्याय पाएनन्, उल्टै प्राण गयो ;

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

nanda prasadकाठमाडौं । उनी १० वर्ष न्यायका लागि कुदे । झन्डै एक वर्ष आमरण अनशनमा बसे । तर, न्याय पाएनन्, उल्टै प्राण गयो ।

पत्नी गंगामायासहित आमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी बितेको पनि ७ महिना नाघिसक्यो ।

तर, उनको सदगत हुन सकिरहेको छैन । गएको असोज ६ गते बितेका उनको पार्थिव शरीरलाई सरकारले शिक्षण अस्पताल महाराजगन्जको शवगृहमा त्यसै दिनदेखि राखेको थियो । अहिले पनि त्यो त्यहीँ नै छ ।

सरकारले सदगतका लागि पटकपटक आग्रह गरे पनि परिवारजनले नमानेकाले यो अवस्था आएको हो ।

पतिको निधनपछि वीर अस्पतालको विशिष्ट कक्षमा सारिएकी गंगामाया नन्दप्रसादको शव जलाउने पक्षमा छैनन् ।

भन्छिन्, ‘न्यायको मुख देख्न नपाई उहाँको ज्यान गयो, अब त्यसलाई जलाएर के अर्थ ?’ पतिलाई राज्यले श्रद्धाञ्जलि दिने एउटै उपाय भनेको उनको माग पूरा गरेर देखाइदिनु नै भएको उनको निष्कर्ष छ ।

‘उहाँको प्राण जे नपाएका कारण गएको थियो, त्यो सरकारले दिन्छ भने सदगद गर्ने हो’,उनी भन्छिन्, ‘होइन भने नजानु ज्यान गइसकेपछि त्यसलाई जहाँ राखे पनि भयो ।’

पतिको शरीर गलेर हाडखोर मात्रै बाँकी रहे पनि दोषीमाथि कारबाही नभएसम्म त्यसलाई नउठाउने उनी बताउँछिन् ।

न्याय नपाएसम्म आफू पनि वीर अस्पतालबाट जिउँदै ननिक्लने अठोटका साथ दिनहरू काटिरहेकी छन् । विशिष्ट कक्षमा दुर्बल, एक्ली र दुःखी उनलाई बडा आग्रह गरेर सरकारले केही महिनाअघि अनशन तोडाएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७