संसदलाई छल्दै अध्यादेशमार्फत दुई ऐन संशोधनको तयारी

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

singh durbarकाठमाडौं । सरकारले व्यवस्थापिका संसदलाई छल्दै अध्यादेशमार्फत दुई ऐन संशोधनको तयारी गरेको छ ।

हिउँदे अधिवेशन बोलाउनुको साटो सरकारले अध्यादेशमार्फत सार्वजनिक खरिद ऐन र सहकारी ऐन संशोधन गर्न तयारी गरेको हो ।

मन्त्रिपरिषदको विधेयक समितिले सार्वजनिक खरिद ऐन २०६३ र सहकारी ऐन २०४८ संशोधनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पठाएको छ ।

मन्त्रिपरिषदको बिहीबार बस्ने बैठकले दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।

संसदीय व्यवस्थाको वकालत गर्ने नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले नै संसद छलेर अध्यादेश ल्याउने तयारी गरेको हो।

गत कात्तिकमा संसदको वर्षे अधिवेशन सकिएपछि पुसमा बोलाउनुपर्ने हिउँदे अधिवेशन अझै बोलाइएको छैन। अधिवेशन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बोलाउने व्यवस्था छ।

कानुन सचिव भेषराज शर्माले दुई अध्यादेश ल्याउने तयारी भइरहेको जानकारी दिए। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु