सुर्खेतमा बक्सिङ प्रतियोगिता हुने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Nepalgunj_20140814014455जनबोली २५ चैत, काठमाडौं । मध्यपश्चिमाञ्चलको सुर्खेतमा कलर्स मोवाईल राष्ट्रिय खुला युथ पुरुष तथा महिला नोविस बक्सिङ प्रतियोगिता हुने भएको छ ।

पहिलो पटक लोकतन्त्र दिवसको अवसरमा प्लेयर्स सोसाइटी अफ नेपाल र सुर्खेत जिल्ला बक्सिङ संघको संयुक्त आयोजनामा जेठ १५ देखि १८ गतेसम्म हुने प्रतियोगितामा पुरुष तर्फ १८ बर्ष मुनिका खेलाडीहरुको सहभागिता रहनेछ ।

नेपाल बक्सिङ संघको तत्वावधानमा हुने प्रतियोगितामा पुरुष तर्फ १०० र महिला तर्फ २५ खेलाडीको सहभागिता रहने दुवै आयोजकका अध्यक्ष दीलिपसिंह ठकुरीले बताए ।

७ लाख ५० हजारको लागत रहेको प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले १ लाख प्रदान गर्ने भएको छ ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७