चैत्र ३० गतेको संविधान सभाको बैठक ऐतिहाँसिक बन्ने : अध्यक्ष दाहाल

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Prachanda-at-Pokhara (1)काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चैत्र ३० गतेको संविधानसभा बैठकलाई ऐतिहाँसिक बनाउने अबसर राजनीतिक दलको हातमा भएको बताएका छन् ।

बिहीबार बिहान आफ्नै निवासमा युरोपेली युनियनका साँसदहरुसँगको भेट पछि अध्यक्ष दाहालले सत्तारुढ दलहरुले चाहे चैत्र ३० गतेको संविधान सभाको बैठक ऐतिहाँसिक बन्ने बताए ।

अध्यक्ष दाहालले चैत्र ३० अगावै सहमतिको पक्षमा आफुहरु रहे पनि सत्तारुढ दलहरुले चासो नदिएको आरोप समेत लगाए ।

दाहालले इयुका प्रतिनिधिहरुलाई सहमतिकालागि सत्तारुढ दलहरुलाई सम्झाइदिन आग्रह गरेको बताए ।

दाहालले एमाओवादी मोर्चाले संविधानका विवादीत अन्तरवस्तुमा हदै सम्मको लचकता अपनाउने पनि बताए ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७