सनराईज बैंकले यस वर्ष हकप्रद शेयरमै जोड दिने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

sunrise-bankजनबोली २६ चैत, काठमाडौं । सनराईज बैंकले यस वर्ष लगानीकर्तालाई कुनै लाभांश नबाँडी हकप्रद शेयरमै जोड दिने भएको छ ।

बैंकले आगामी बैशाख २३ गते सातौँ वार्षिक साधारणसभा गर्ने निर्णय गर्दै १५ प्रतिशत हकप्रद शेयर फेरि जारी गर्ने प्रस्ताव गरेको छ । नाफा नबाँड्ने निर्णयपछि सनराइजको लाभांश पाउने आश गरेर बसेका लगानीकर्तालाई खल्लो महसुस हुनु स्वभाविक छ ।

बैकले गत वर्ष निर्णय गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन साधारणसभाको मिति घोषणा गर्दै थप १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । बैंकले गत वर्ष गरेको खुद नाफालाई जगेडा कोषमा सारेर अर्को वर्षका लागि साँचेको छ । बैंकको चुक्ता पूजी हाल दुई अर्ब ३८ करोड रहेको छ ।

गत वर्ष ३० करोड ८० लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १५ रुपैयाँ कायम गरेको सनराईजका लगानीकर्ताले यस वर्ष थोरै भए पनि बोनस शेयर र नगद लाभांशको आशा गरेका थिए । तर बैंक संचालकहरुले लगानीकर्ताको त्यो आशामा चिसो पानी खन्याउँदै हकप्रद शेयरबाटै पूँजी बढाउने उपाय निकालेका छन् । अर्को आर्थिक वर्षमा भने लगानीकर्तालाई सनराइजले खुशी पार्नसक्ने सम्भावना छ ।

सम्बन्धित खबरहरु

शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७