महंगो मूल्यमा लिलाम बिक्रीमा राखेपछि कस्ले किन्ला नबिल बैंकको प्रोेमोटर शेयर ?

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

nabil bankमहंगो मूल्यमा लिलाम बिक्रीमा राखेपछि राष्ट्रिय बाणिज्य बैंकले र्इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर बेच्दाको घटनाक्रम दोहोरिने संभावना बढेको छ । एनआईडीसीले बजार मूल्यभन्दा बढीमा ठूलो कित्ता प्रोमोटर शेयर लिलामीमा राखेकाले एकैपटकमा बिक्री हुने कमै संभावना छ । तर शेयर  लिलाममा किन यति धेरै महंगो मूल्य राखिन्छ भन्ने कुरा भने रहस्यमय छ ।

एनआईडीसीले चैत्र २४ मा एक्काईस दिने सूचना जारी गरी नबिलको प्रामोटर शेयर समूह खलाई कम्तिमा एक हजार तीन सय २७ रुपैयाँमा लिलाममा राखेको हो । एनआईैडीसीले २,०९९०५ कित्ता शेयर गोप्य सिलबन्दी बोलपत्रमार्फत बिक्री गरिने जनाएको छ । नबिलको प्रोमाटर शेयरको हाल दोस्रो बजारमा एक हजार तीन सय २२ रुपैयाँमा किनबेच भईरहेको छ । लिलाममा राखिएको भन्दा सस्तो मूल्यमा दोस्रो बजारमा मज्जाले शेयर किन्न पाईरहेको अबस्था छ भने किन कोही सारा प्रक्रिया पुरा गरेर बोलपत्र खरिद गरी अग्रिम रुपमा साढे दुई प्रतिशत रकम धेरौटी राखेर शेयर किन्न लामबद्ध होस ? यो तर्क निकै मननयोग्य छ ।

 एक सय कित्ता न्युनतम शेयरका लागि आबेदन गर्नुपर्ने र त्यसका लागि  पाँच सय रुपैयाँ बोलपत्र खरिद शुल्क र शेयर वापतको रकम एक लाख बत्तिस हजार सात सय रुपैयाँ न्युनतम रुपमा बुझाउनुपर्ने भएकाले सर्वसाधारण लगानीकर्ताको पहुच बाहिरै छ । रकमको स्रोत् देखाउनुपर्ने र स्वघोषणा गर्नुपर्ने त नियममै छ । शेयर नपरेमा धरौटी राखेको रकम फिर्ता लिन एक्काइस दिनपछिको थप १५ दिन कुर्नुपर्ने भएकाले यो झंझटमा पर्दाको मूल्य महंगो पर्नसक्छ । सर्वसाधारण लगानीकर्ताले बजार मूल्य भन्दा बढीमा शेयर किन्न नचाहने र तत्काल बजार धेरैमाथि जाने संभावना पनि नभएकाले सबै शेयर बिक्री हुने संभावना कम रहेको बताईन्छ ।

 केही संस्थागत लगानीकर्ता वा कम्पनीहरुले भने यसमा चासो देखाउँन सक्छन तर त्यसका लागि पनि एनआईडीसीले नै पहल गर्नसक्नुपर्छ । एकैपटक बजारबाट यति धेरै परिमाणमा शेयर उठाउने संभावना नहुने हुँदा धेरै परिमाणमा नबिलको प्रोमोटर शेयर किन्न चाहने कम्पनीहरुका लागि यो एउटा अबसर भने हो ।  नबिल बैंकले साधारण शेयर सरह नबिल प्रोमोटरलाई पनि समान लाभांश बाड्ने भएकाले नबिल प्रोमोटर शेयरको माग बजारमा सामान्य रुपमा छ ।

सामुहिक लगानी कोषहरुले यो शेयर लिलाम स्वीकार्छन भन्ने कुरा विस्वासिलो मान्न सकिन्न । सामुहिक लगानी कोषले नबिल जस्तो महंगो शेयरमा नभई मध्यमस्तरका बाणिज्य बैंकहरुको शेयरमा लगानी गरिरहेकाले उनीहरुले यसमा रुची देखाउने संभावना कम छ । तर, महंगो मुल्यमा शेयर बेच्ने एनआईडीसीको सपना त्यतिखेर सफल हुनसक्छ जतिखेर बजार माथि चढेको होस् । शेयर लिलाम अबधिकै बीचमा शेयर बजार उकालो लागेर नबिल प्रोमोटरको मूल्य एक हजार चार सय माथि पुगेमा भने यो प्रोमोटर शेयर बिक्री हुनसक्ने अबस्था छ । अर्को तर्फ चालु आर्थिक बर्षको तेस्रो त्रैमासको नबिलले प्रकाशित गर्ने बित्तीय बिबरणमा नबिलको खुद नाफा बढ्ने कुराले पनि शेयरको भाऊमा असर पार्नसक्ने छ ।  नबिल राम्रो बैंक भए पनि बिश्वका अर्बपतिमा दरिएका प्रोमोटर विनोद चौधरीको रबैयाका कारण हालैका दिनहरुमा त्यस्को संस्थागत सुशासनको अबस्थामा प्रश्न उठ्न  र खुद नाफामा पनि असर देखिन थालेकोले केही सोचनिय अबस्था भने छ ।

नबिलको यो प्रोमोटर शेयर पुरै नबिकेमा राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको ६२ लाख कित्ता संस्थापक शेयर बेच्न पटक् पटक लिलामको सूचना प्रकाशित गर्नु परे जस्तै अबस्था आउन सक्छ । त्यतिखेर पनि बाणिज्य बैंकले बजार मूल्य भन्दा सस्तोमा दोस्रो पटक लिलामको सूचना निकालेकाले मात्रै इृन्भेष्टमेन्टको सबै शेयर बेच्न सकेको थियो ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७