छोराले बिदेशमा दुख पाएको खबरले आमाको गयो ज्यान

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

sunsari_districtसुनसरी । धन कमाउने र साहुको ऋण तिर्ने सपना बोकी बैदेशिक रोजगारमा गएका कान्छो छोराले बिदेशमा दुख पाएको खबर फोन मार्फत रुदै सुनाएपछि त्यसको पीडामा आमाको मृत्यु भएको छ ।

छोराले बिदेशमा पाएको दुख फोन मार्फत सुनाएपछि सहन नसकी बिराटनगर उपमहानगरपालीका १८ स्थित मिलादेवी राजवंसीको मृत्यु भएको हो । सुनसरीको इटहरीमा बुधवार दिउसो आयोजीत पत्रकार सम्मेलनमा पिडित पक्षले यस्तो बताएका हुन् ।

तिन महिना अघि मलेशियाको क्वालालम्पुर स्थित रोजगारमा निस्किएका कान्छा छोरा ब्रजनारायण राजबशी विश्वासले मेनपावरले जुन काममा पठाएको सो नभएकोले आफु पिडामा परेको रुदै आमालाई बताएपछि छोराको कुरा सहन नसक्दा आमा मिलादेवीको मृत्यु भएको पत्रकार सम्मेलनमा पिडित पक्षले बताएका छन ।

इटहरी स्थित एडभान्स रिक्रुटमेण्ट सर्भिसेज प्रालिका सञ्चालक अर्जुन तामाङ्गले मलेसियाको् बुमी टङ्गाल एम एडीएन बीएचडी भन्ने कम्पनीमा सेल्समेनका लागि अन्तरबार्ता दिएर कम्पनीको क्लिनर काममा हस्ताक्षर गराई राजवंसीलाई मलेशिया पठाएको पिडितहरुले पत्रकार सम्मेलनमा बताएका छन ।

कामकै शिलशिलामा बिरामी परेपछि पनि साहुले लगातार कुटपिट गर्दे काममा लगाउने गरेको कुरा फोनबाट आमा मिलादेवीलाई सुनाएपछि सहन नसकी हटयाटयाक भएर उन्को मृत्यु भएको मृतक मिलादेवीका छोरा शेखर राजवंसीले पत्रकार सम्मेलनमा बताए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७