बालिकाको शव पोखरीमा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

kholaजनबोली २६ चैत, लहान । सिरहाको धनगढी गाविस-७ की एक बालिकाको शव पोखरीमा तैरिएको अवस्थामा फेला परेको छ । अयोध्यानगर गाविस-७ मा खाल्डोमा जमेको पानीमा ४ वर्षीया अस्मिता परियारको शव फेला परेको हो । उनी धनगढी गाविस-७ का सन्तोष परियारकी छोरी हुन् ।

इलाका प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक वैजकुमार योगीले वर्षातको पानी जमेर बनेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको जानकारी दिए ।

उनी बुधबार अपरान्ह गाउँदेखि पश्चिमतिर रहेको पोखरीमा दिदी अन्जनासँगै नुहाउन गएकी थिइन् । अस्मितालाई नुहाइदिएर अन्जानले घर जा भनेर पठाइदिएकी थिइन् । अन्जना नुहाएर घर फर्किँदासम्म पनि बहिनी अस्मितालाई नभेटेपछि परिवारले खोजी गरेका थिए ।

विहीबार बिहान गाउँलेले पोखरीमा शव तैरिहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पठाइएको छ ।

रुखले च्यापिएर मृत्यु

यसैबीच बाजुरामा रुखमुनि च्यापिएर बडिमालिका नगरपालिका-९ का ३२ वर्षीय डम्मर खत्रीको मृत्यु भएको छ । गाउँ नजिकैको जंगलमा दाउरा लिन गएको बेला हावाहुरी चलेपछि रुख ढल्दा च्यापिर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि बाँकेको नेपालगन्ज लैजाँदै गर्दा खत्रीको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु