महिलाहरूमा धुम्रपानको लत धेरै

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

 -एजेन्सी ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ’ यो सबैलाई थाहा भएकै कुरा हो । थाहा भएपनि खाने लत लागेको मान्छेले यो छाड्दैन । प्रायजसो युवाअवस्थामा नै मानिसहरुले धुम्रपान गर्ने गरेको तथ्यांकले देखाएको छ ।

हामी सोच्छौ प्राय पुरुषहरुले बढी धुम्रपान गर्छन् तर हालै भएका अध्ययनहरुमा पुरुषको तुलनामा महिलाहरूमा धुम्रपानको लत धेरै र बढ्दो अवस्थामा देखा पर्न थालेको छ । हाम्रै छिमेकी राष्ट्र भारतमा भएको अध्ययनले पनि पुरुषहरु भन्दा महिलाहरुमा बढी धुम्रपान तथा सुर्ती सेवनको लत लागेको देखाएको छ ।Cigarette

ग्लोबल एडल्ट टोब्याकोले गरेको सर्वेक्षणमा आधारित विश्व टोब्याको एटलसको पाँचौं संस्करणमा यो तथ्यको खुलासा भएको हो । उक्त सर्वेक्षण अनुसार वर्ष २००९–१० को तुलनामा वर्ष २०१३ मा भारतीय पुरुषहरूमा धुम्रपानको दरमा निकै कमी आएको छ, तर सोही अवधिमा धुम्रपान गर्ने महिलाहरूको संख्यामा भने त्यत्ति नै वृद्धि भएको छ । सन् २०१३ को तथ्यांक अनुसार, एटलसमा प्रकाशित तथ्यका अनुसार भारतमा २३.२ वयस्क पुरुष धुम्रपान गर्दछन् ।

ग्लोबल एडल्ट टोब्याको सर्वे (जिएटिएस) द्धारा सार्वजनिक गरिएको फ्याक्ट सिट अनुसार २००९–१० मा भारतमा २४.३ प्रतिशत पुरुष धुम्रपानका अम्मली थिए । यस विपरीत टोब्याको एटलस अनुसार धुम्रपान गर्ने महिलाहरूको प्रतिशत ३.२ छ जुन जिएटिएसद्धारा सार्वजनिक गरिएको फ्याक्ट सिटको हिसाबले २००९–१० मा २.९ प्रतिशत थियो ।

धुम्रपानका अम्मली महिलाहरूको संख्याको बृद्धि सम्पूर्ण विश्वमै देखा परिरहेको छ । यद्यपि, यसमा जापान जस्ता देशको तथ्यांक समावेश गरिएको छैन किनभने जापानमा पछिल्ला केही वर्षदेखि धुम्रपानका अम्मलीको संख्यामा कुनै थपघट छैन ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७