जेल भित्रै कैदी बन्दीबिच हानाहान

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

घाइते थापालाइ जिल्ला अस्पताल दैलेखमा उपचार गरिएको छ । घाइते थापाको टाउकोमा गहीरो चोट लागेको छ । थापालाइ खाना खानेक्रममा कैदी अमृत बोहोराले पन्यूले प्रहार गरेका हुन । दाङ्ग बाट दैलेख सारीएका कैदी बोहोरा ,इन्द्र कमल बुढा र कुलेन्द्र राना ले दैलेखका कैदी भाईनाइके थापा लाई अक्रमण गरेपछी केहीबेर दैलेख र बाहीरबाट दैलेख ल्याइएका कैदी बिच दोहोरो झडप समेत भएकोथियो ।

समुह समुह बिच झडप हुन थाले पछि , दाङ्गका कैदीको समुहका तीन जना अमृत बोहोरा,ईन्द्रकमल बुढा र कुलेन्द्ररानालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हरासतमा राखेको छ ।

हिजोसाँझ सामान्य बिबाद भएको र सोही कारणआज बिहान खाना खाने क्रममा लाईन मिचेको भन्दै बिबाद बढेपछि झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले भने झडप सामान्य भएको वताएको छ ।

सम्बन्धित खबरहरु