सेवा विस्तारविरुद्ध मधेसी नेता

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

जनबोली २६ चैत, काठमाडौं । मधेसलाई केन्द्रविन्दु बनाएर राजनीति गरिरहेका दलका प्रमुख नेताहरूले तराईका विभिन्न जिल्लामा खुलेका थप सेवा केन्द्र उत्तरी वस्ती केन्द्रित भएकाले विद्रोह भएको बताएका छन्। उनीहरूले महोत्तरीको बर्दिवास, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको धरानलगायतका स्थान मधेसका उत्तरी बस्ती भएको दाबी गरेको छ ।

यी स्थानमा मालपोत, नापीलगायत जनसरोकारका कार्यालय स्थापना गर्दा पहाडी बस्तीलाई सेवा बढाएर राज्यले विभेद गरेको आरोप उनीहरूको छ।

उनीहरूको भनाइ छ, ‘मधेस र मधेसीलाई अधिकार दिने नाममा सेवा केन्द्र विस्तारलाई सिंहदबार केन्द्रित राज्यसत्ताले उत्तरीकरण गरेर मधेसलाई विद्रोहमा जान बाध्य गराएको छ।’ दाङको तुल्सीपुरमा विस्तार गरिएको सेवा केन्द्रमा भने हालस म कुनै विवाद आएको छैन।

madhesi dal ka neta

मुलुक संघीयतातर्फ जाने क्रममा मधेशमा मात्र सेवा केन्द्र थप्ने निर्णय गर्नु उचित नभएको मधेसी दलका नेताहरू बताउँछन्। राज्यले सेवा केन्द्र विस्तारका नाममा मधेसमा विद्रोह जन्माउन खोजेको उनीहरूको विश्लेषण छ।

तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले राज्यले जनमत नबुझी लिएको निर्णयका कारण सेवा केन्द्र विस्तारका नाममा मधेसमा अवरोधसहितको चर्को विवाद रहेको बताए। उनले भने, ‘यसको उद्देश्य दक्षिण भूभागको सेवालाई उत्तरीकरण गर्नु हो।

सेवा कार्यालयहरू दक्षिणमा नभएर उत्तरीकरण हुनले सिंगो मधेसको हित हुन सक्दैन। मधेसीको बाक्लो संख्या दक्षिणमा छ र सेवा केन्द्रको आवश्यकता पनि त्यतै छ।’

संघीयता भएपछि प्रान्तीय सरकारले लिनुपर्ने निर्णय अहिलेको सरकारले लिन खोज्नुभन्दा गैरसंवैधानिक र अलोकतान्त्रिक कदम अरू केही हुन नसक्ने दाबी गर्दै ठाकुरले विरोध भएपछि सरकार आफ्नै निर्णयबाट पछि हट्नुपरेको बताए। यस्ता विषयमा निर्णय संघीयतापछि मात्र गर्नुपर्ने मान्यतामा आफू रहेको उनले बताए।

अहिले मधेसमा मात्र सेवा केन्द्र विस्तार गर्नु उपयुक्त नरहेको पनि भण्डारीले बताए। ‘पञ्चायतकालमा पनि जिल्ला इलाका सेवा केन्द्र थियो।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७