आगलागि हुँदा चारवटा घर जलेर नष्ट

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

Mahotariजनबोली २६ चैत, महोत्तरी । महोत्तरीको बर्दिबासमा बुधबार आगलागि हुँदा चारवटा घर जलेर नष्ट भएको छ । बर्दिबास नगरपालिका ८ किसाननगरका रामआशिष महतोको घरबाट सल्किएको आगोले महतोसँगै उहाँका चार दाजुभाइको घर जलेको हो ।

आगलागीबाट १२ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको किसाननगर प्रहरी चौकीका इन्चार्ज विनयकुमार यादवले जानकारी दिनुभयो । आगलागीबाट एकलाख रुपैयाँ नगद पनि जलेको पीडित राम आशिष महतोले बताए । रासस

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७