पाकिस्तानले खतरनाक षढ्यन्त्र रचेको आरोप : भारत

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

India-Pakistan-Tension-warएजेन्सी । जम्मु–कश्मीरमा आतंकवादीको घुसपैठ गराउनका लागि पाकिस्तानले खतरनाक षढ्यन्त्र रचेको आरोप भारतले लगाएको छ ।

गुप्तचर सुत्रलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले पाकिस्तानी सेनाले आतंकवादीलाई ड्रोन उपलब्ध गराइरहेको समेत आरोप लगाएको जनाएका छन् ।

भारतीय सेनाले पाकिस्तानी आतंकवादी संगठनका गतिविधिको निगरानी गरिरहेको समाचारमा उल्लेख छ ।

ड्रोनको सहायता पाएपछि आतंकवादीहरु भारतीय भूमिका घुसपैठको योजनामा रहेको रहेको र अरनियामा पछिल्ला दुई दिनमा मुठभेडमा मारिएका आतंकवादी त्यसको प्रमाण भएको दावी गरिएको छ ।

भारतीय सेनाले यस्तो जानकारी पाएपछि गुप्तचर र सेनाले आफ्नो सक्रियता बढाएका छन् ।

सम्बन्धित खबरहरु