कांग्रेस र एमालेले सहमतिका अधिकतम प्रयास गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २६ चैत, २०७१

congress umlजनबोली २६ चैत, काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका लागि चैत ३० गतेसम्म अधिकतम प्रयास गर्ने निर्णय गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको बैठकले आमहड्ताल फिर्ता लिएर ३० दलीय मोर्चा वार्तामा आउनु सकारात्मक भएको निष्कर्ष निकल्दै सहमतिका लागि प्रयास जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले नेता माधवकुमार नेपालले विभिन्न विकल्प सहित विपक्ष मोर्चासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । उनले एकीकृत माओवादी सहतिका विपक्षी दलसँग सहमतिका लागि औपचारिक तथा अनौैपचारिक छलफल गरिने समेत उल्लेख गरे । दुई दलले ३० गते बस्ने संविधानसभाको बैठकबाट संविधान निर्माण प्रक्रिया अगाडि बढाउने समेत जनाएका छन् ।

विवादका विषयमाथि छलफल गर्दै संविधान निर्माण प्रक्रिया नरोक्ने निचोडमा पुगेको नेपाली कांग्रेसका सह महामन्त्री पूर्णबहादुर खड्काले बताए । ३० दलीय मोर्चाले आमहड्ता फिर्ता लिएसँगै सहमतिका लागि मुख्य दलका दोस्रा तहका नेताहरुले प्रयास गरिरहेका छन् । दुई दलको बैठक पर्सि पनि बस्ने जनाइएको छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७