छ वर्षीया भान्जीमाथि जबरजस्ती

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१


udayapur_districtउदयपुर । जिल्लाको दक्षिणी गाविस जोगीदहका एक युवक भान्जीमाथि जबरजस्ती गरेको आरोपमा पक्राउ परेका छन् ।

जोगीदह-६, का १९ वर्षीय तीर्थबहादुर सार्की छ वर्षीया भान्जीमाथि जबरजस्ती गरेको अभियोगमा बुधबार राति पक्राउ परेका हुन् ।

दाउरा काट्न जङ्गल गएका बेला सार्कीले भान्जीलाई मङ्गलबार दिउँसो जबरजस्ती गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी चौकी जोगीदहले जनाएको छ ।

उनीमाथि अर्की १० वर्षीया बालिकालाई पनि जबरजस्ती गरेको आरोप लागेको छ। प्रहरीका अनुसार भान्जीलाई जबरजस्ती गरेका सार्कीले अर्की बालिकालाई पनि सोही समयमा जबरजस्ती गरेको अभियोग पत्रमा उल्लेख छ।

प्रहरी चौकीले सार्कीलाई बुधबारै जिल्ला प्रहरी कार्यलयमा बुझाएको छ। उनीमाथि जबरजस्ती करणी उद्योगअन्तर्गत जाहेरी दर्ता गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७