इण्डियन प्रिमियर लिग : चेन्नाईद्वारा दिल्लीमाथि १ रनको रोमाञ्चक जित

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

IPL CSK vs DDकाठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले डिल्ली डेयरडेभिल्समाथि एक रनको रोमान्चक जित हात पारेको छ ।

चेन्नईमा भएको खेलमा चेन्नईले दिल्लीसामू १५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, दिल्लीले ९ विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात राम्रो हुन सकेन । १५ रन जोड्दा पहिलो विकेट गुमाएको दिल्लीका ब्याट्सम्यान एक पछि अर्को आउट भए । तर, तेस्रो नम्बरमा ब्याटिङमा आएका एल्बी मोर्केलले आक्रमक पारी खेल्दै दिल्लीलाई जित नजिक पुर्याएका थिए ।

अन्तिम ओभरमा दिल्लीलाई १९ रन चाहिएको थियो र मोर्केल आक्रमक पारी खेलिरहेका थिए ।

ब्राभोको पहिलो बलमा मोर्केलले चौका हाने भने दोस्रो बलमा एक रन लिए । तर, तेस्रो बेलमा इमरान ताहिर आउट भए ।

तैपनि मोर्केलले दिल्लीको आश कामयै राखे । चौथो बलमा छक्का हानेका उनले पाँचौं बलमा २ रन लिएपछि दिल्लीलाई जितका लागि अन्तिम बलमा छक्का चाहियो ।

ब्राभोको बलमा मोर्केलले मात्र चार रन जोड्न सके र दिल्ली १ रनले पराजित भयो । मोर्केल ७३ रनमा अविजित रहे ।

चेन्नईका आशिष नेहराले ३ तथा ब्राभोले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १५० रन बनाएको थियो ।

उसका लागि डवेन स्मिथले ३४, फाफ डुप्लेसिसले ३२ र कप्तान महेन्द्र सिंह धोनीले ३० रन जोडे ।दिल्लीका नाथन कल्टर निलले ३ विकेट लिए ।

सम्बन्धित खबरहरु